पर्यटक जिपलाई रोक

सौराहा : चितवनको पर्यटकीय नगरी सौराहामा सञ्चालित पर्यटक जिपहरूलाई भरतपुर विमानस्थल प्रवेशमा रोक लगाएको छ । सोही कारण सौराहाका होटल व्यवसायी थप चिन्तित बनेका छन् । स्थानीय रुटमा सञ्चालित ट्याक्सी व्यवसायीले पर्यटकलाई आफूले लैजानुपर्ने माग राख्दै बिहीबारबाटै पर्यटकीय क्षेत्रका होटलको जिप प्रवेशमा रोक लगाएका हुन् । ‘हाम्रा पाहुनाहरू होटल बुक गरेर आएका हुन्छन्,’ क्षेत्रीय होटल संघका अध्यक्ष एवं जंगल वाइल्डलाइफ क्याम्प सञ्चालक नारायण भटराईले भने, ‘कही नभएको जात्र हाँडी गाउँमा भैँm गरेर ट्याक्सी व्यवसायीले राम्रो गर्नुभएन ।’

पर्यटकीय क्षेत्रका जिपले होटल बुकिङका आधारमा विमानस्थलदेखि होटलसम्म पुर्‍याउने गरे पनि सोबापतको रकम तिर्न नपरेको अवस्था रहेको संघका कार्यालय सचिव मनोज सुनारले बताए । तर, ट्याक्सी व्यवसायीको यो अवरोधका कारण अब ७ सयदेखि १ हजार रुपियाँसम्म बुझाउनु पर्नेछ । चाइनादेखि सौराहाको भ्रमणमा एक साताको बसाइका लागि परिवारसहित आएका वान चीन चिओले भ्यानको भाडा छुटै तिर्नुपरेकाले समस्यामा परेको बताए । सौराहामा अहिले ८० वटा जिप होटल व्यवसायीले थप शुल्क नलिई हवाई मार्गदखि आउने पर्यटकका लागि सुविधा दिँदै आएका थिए । यो अवरोधसँगै पर्यटन व्यवसायमा नकारात्मक सन्देश जाने होटल प्याराडाइजका सञ्चालक समितिका अध्यक्ष ईश्वरी केसी बताउँछन् । (सौस)

प्रतिक्रिया