कर्कश प्रदर्शनका लागि तयार

karkashकाठमाडौ : नेपालमा पछिल्लो समय म्युजिकल ब्यान्ड वृद्धि हुने क्रम दिन प्रतिदिन बढ्न थालेको छ । यस्तै ब्यान्डका म्युजिकल यात्रा विषयवस्तु बनाइएको चलचित्र ‘कर्कश’ को प्रोमो तथा पोस्टर सार्वजनिक भएको छ । बिहीबार राजधानीस्थित कुमारी हलमा आयोजित कार्यक्रममा यी दुवै सार्वजनिक गरिएको हो । आगामी जेठ ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रका निर्देशन असिफ शाह रहेका छन् । शाहको यो निर्देशनमा डेब्यु चलचित्र हो ।
कार्यक्रममा निर्देशक शाहले दुई वर्षअगाडि रातमा सुत्ने बेला चलचित्रको स्टोरी सोचाइमा आएको बताए । सुरज सिंह ठकुरी, दयाह्याङ राई, रेमनदास श्रेष्ठ र राजेन्द्र खड्गीलगायत कलाकारले चलचित्र छायांकनका समयमा भएका रमाइला अनुभव सुनाए । चलचित्र डिसिएन सरभरमार्फत देशभर एकसाथ रिलिजमा ल्याउने तयारीमा निर्माण पक्ष जुटेको छ ।
भिजेको सफलतापछि अभिनयमा प्रवेश गरेका सुरजसिंह ठकुरीको समेत यसमा अभिनय रहेको छ । चलचित्र हेर्ने बानी नभए पनि आपैँmले अभिनय गरेको ‘कर्कश’ रिलिजमा आउन लागेकोमा आफू एक्साइटेड भएको बताए । कार्यक्रममा दयाह्याङ राई, रेमनदास श्रेष्ठ, राजेन्द्र खड्गी, रागिनी खड्गीलगायत कलाकारले ‘कर्कश’ अभिनय गर्दाका अनुभव सुनाए ।
चलचित्रको वितरक संस्था डिसिएन प्रमुख अशोक शर्मा र वितरक नरेन्द्र महर्जनले ‘कर्कश’ ले व्यवसाय गर्नसक्ने अनुमान लगाए ।
चलचित्रमा दयाह्याङ राई, रेमनदास श्रेष्ठ, राजेन्द्र खड्गी, रागिनी खड्गी लुनभा तुलाधर, राजन इशान, हर्षिका श्रेष्ठ, जोफस सेबास्चियन, शिशिर बाङ्देल र हलेन्डकी नायिका क्याटालिन जेन्सेनको समेत अभिनय छ । चलचित्रको छायांकन सुशान प्रजापतीले गरेका हुन् । (सौस)

प्रतिक्रिया