आयोग, दल र सुरक्षा अधिकारीबीच परामर्श

काठमाडौं, १५ चैत । निर्वाचन आयोगले विभिन्न राजनीतिक दल र सुरक्षा अधिकारीहरुसँग निर्वाचनको तयारीका बारेमा परामर्श गरेको छ ।
आयोग कार्यालय कान्तिपथमा आज भएको छलफलमा निर्वाचनको तयारी र शान्ति सुरक्षाका विषयमा छलफल भएको आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आफूहरु तोकिएकै समयमा निर्वाचन गराउन तयार रहेको जानकारी दिए । उनले दलहरुका बीच राजनीतिक सहमति बनाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया