स्थानीय निकायको निर्वाचन गराउन माग

काठमाडौं, १५ चैत । कांग्रेस निकट नेपाल विद्यार्थी संघ र एमाले समर्थित युवा संघले तोकिएको समयमा चुनाव गराउन माग गरेर आज निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाएका छन् ।
आयोगको कार्यालय कान्तिपथस्थित कार्यालयमा अलग अलग पुगेका नेविसंघ र युवा संघका नेता तथा कार्यकर्ताले ज्ञापन पत्र बुझाएका हुन् ।
मुलुक संविधान विहीन अवस्था जस्तै परिस्थितिबाट गुर्जीरहेको जनाएका उनीहरुले अन्तरिम संविधान वा अन्तरिम व्यवस्था भनेको क्षणिक समयका लागि मात्र रहेको बताए ।
भयमुक्त वातावरणको सिर्जना गरी स्वच्छ र निश्पक्ष निर्वाचन माग गरेका उनीहरुले स्थानीय निकायको निर्वाचन पनि माग गरे । उनीहरुले संविधानसभा र स्थानीय निकायको निर्वाचनसंगै गर्नु सुझाव दिए ।
उता, नेविसंघले मतदाता नामावली संकलन तिव्र बनाउनु पर्ने,     उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र भएका कोही पनि मताधिकारबाट बञ्चित हुने अवस्थाको सृजना नहोस, मृत्यु भएकाको नाम मतदाता नामावलीबाट हटाउनु पर्ने लगायतका एघार बुँदे ज्ञापन पत्र बुझाएको प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
जवाफमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले ज्ञापन पत्रका मागप्रति आफू सकारात्क रहेको जनाए । उनले राजनीतिक सहमति जुटाएर तोकिएकै समयमा निर्वाचन गर्ने उल्लेख गरे ।

प्रतिक्रिया