नेकपा-माओवादीले सामान लुट्न पाएनन्

काभ्रे, १५ चैत । काभ्रे जिल्लामा निर्वाचन कार्यालयका कर्मचारी टोलीका सामान लुटपाट गर्न पुगेका नेकपा माओवादीका कार्यकर्ता आज असफल भएका छन् ।
फोटोसहितको मतदाता नामावली संकलनका लागि छत्रेबाँझ गाविस पुगेको टोलीका सामान लुट्ने प्रयास भएको कर्मचारीहरुले जनाएका छन् । सामान लुटपाट गर्ने कार्यको प्रतिकार भए पछि नेकपा माओवादीका कार्यकर्ताले कम्युटरको ‘किबोर्ड’ फुटाएर भागेका छन् ।
सात जनाको संख्यामा आएका नेकपा माओवादीका कार्यकर्ता देख्ना साथ निर्वाचन कार्यालयका कर्मचारीले आफूहरुसँग रहेका सामान लुकाएका थिए ।
दुबै पक्षबीच सामान खोसाखोस हुन थालेको सूचना पाए पछि नजिकै रहेको प्रहरी पनि घटना स्थल पुगेको थियो । सामान लुटन नपाएका नेकपा माओवादीका कार्यकर्ताले प्रहरी देख्ना साथ फरार भएको प्रत्यक्षदर्शीको भनाई छ ।

प्रतिक्रिया