नुवाकोटमा कर्मचारीसँग लुटपाट

नुवाकोट, १५ चैत । नुवाकोट जिल्लामा मतदाता परिचय पत्र बनाउन खटिएको निर्वाचन आयोगको टोलीलाई अपरिचित समूहले लुटपाट गरेको छ ।
मंगलबार राति चतुराले–१ मा कर्मचारीसंग रहेका ल्यापटप, क्यामरा र कागजपत्र लगुटेर लगेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
स्थानीय मंगलमानको घरमा बसेका कर्मचारीलाई मुखमा मास्क लगाएर आएका अपरिचति समूहले सामान लुटेर लगेका हुन् ।

प्रतिक्रिया