राजपा-राप्रपाका कार्यकर्तालाई पुनः निरासा

Surya bd Thapaकाठमाडौं, १४ चैत । पूर्व पञ्चहरुका पार्टी राष्ट्रिय जनशक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन पुनः स्थगित भएको छ ।
राजपा र राप्रपाको आज राजधानीमा बसेको संयुक्त कार्यसम्पादन समितिको बैठकले २०७० साल जेठको पहिलो साता सम्मका लागि महाधिवेशन सार्ने निर्णय गरेको राजपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिए । संयुक्त महाधिवेशन जेठको ३, ४ र ५ गते राजधानीमा हुने गिरीले बताए ।
राजपा र राप्रपाको संयुक्त महाधिवेशन तीन पटक स्थगित भईसकेको छ ।
कार्यसम्पादन समितिको बैठकमा राजपा अध्यक्ष सूर्यबहादुर थापा र राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाको पनि सहभागिता रहेको थियो ।
कार्यविभाजन लगायतका विषयमा कुरा नमिले पछि राजपा र राप्रपाको एकताको एजेण्डा लम्बिदै आएको छ । एकता महाधिवेशन स्थगित भए पछि कार्यकर्तामा पुनः निरासा छाएको छ ।

प्रतिक्रिया