सप्तरीमा कैदी बन्दीले पनि होली मनाए

holii

राजविराज, १४ चैत । सप्तरी कारगारका कैदी वन्दी र जिल्ला प्रहरी कार्यालयका थुनुवाले आज धुमधामसंग होली पर्व मनाएका छन् ।
सप्तरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह वस्नेत र डिएसपी श्यामसिंह चौधरीको पहलमा कारागारका कैदीहरुले होली मनाएका हुन् ।
वस्नेत र चौधरी आफै कारागारमा गएर कैदीहरुलाई रंग लगाईदिएको कारागारका सुरक्षा प्रमुख श्यामकुमार सुवेदीले जानकारी दिए ।
मित्रता, आत्मियता, सामिप्यता र सदभाव दर्शाउने पर्वका रुपमा रहेको होलीलाई सवैले मनाउन पाउनु पर्ने एसपी वस्नेतले वताए ।
सप्तरी कारागारमा ५ महिला सहित २ सय २१ कैदी बन्दी छन् भने जिल्ला प्रहरी कार्यालयमा १२ जना थुनुवा रहेका छन् ।
पहाडी जिल्लाहरुमा मंगलबार नै होली मनाइए पनि तराईमा आज मनाईदै छ ।

प्रतिक्रिया