पत्नीलाई करणी गरेपछि…

Balatkar 5राजविराज, १४ चैत । आफ्नै पत्नीलाई जबरजस्ती करणी गरेको आरोपमा सप्तरी प्रहरीले सोमबार सप्तरीको देउरी–२ का ३० वर्षीय विश्वनाथ साहलाई पक्राउ गरेको छ । पत्नी आशादेवीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

आफ्नो इच्छा विपरीत पटक–पटक जबरजस्ती करणी गरेको भन्दै आशादेवीले पति विश्वनाथ विरुद्ध उजुरी दिएकी थिइन् । यौन सम्पर्कका लागि आफू तयार नभए पनि कुटपिट गर्दै करणी गरिएको उजुरी आएपछि विश्वनाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका विश्वनाथलाई मंगलबार जिल्ला अदालत सप्तरीबाट ७ दिनको म्याद थपी हिरासतमा राखेर अुनसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीमाथि लागेको आरोप प्रमाणित भए वैवाहिक जबरजस्ती करणी मुद्दाको ३ नम्बर महलअन्तर्गत तीनदेखि ६ महिनासम्म कैद सजाय हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका विश्वनाथले दुई विवाह गरेका छन । उनीमाथि बहुविवाहको मुद्दासमेत चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया