साधुरामबाट चिनिए आचार्य

sadhu-ramकाठमाडौं : पिताम्वर आर्चायलाई अहिले  धेरैले साधुराम भनेर मात्र चिन्दछन् । यो नाम उनले कलाकारिता बाटै पाएका हुन् । बाहुन्न घुस्सा त्रिपन्न ठक्कर शृंखलामा साधुरामको चरित्र निर्वाह गरेका आचार्यको यो शृंखला पनि कलाकारितामा साधुराम परिचय नै बन्यो । ०५४ तिर नारायणी कला मन्दिर नारायणघाटमा नृत्य प्रशिक्षणका क्रममा कला मन्दिर छिरेका आचार्यले सोही समय यात्री नाटकमा अभिनयको अवसर पाए । पहिलो नाटकमै दर्शकको मनग्य माया पाएका उनी सो मायाका कारण अभिनयमा निरन्तर लागी परे । अभिनयको सुरुआतमा महिना, समयलगायत एकदर्जन भन्दाबढी नाटकमा मुख्य भूमिमा अभिनय गरेका आचार्यले केही नाटक निर्देशन पनि गरेका छन् ।
बाहुन्न खुस्सा त्रिपन्न ठक्कर, भइगोनित, हर्के हवल्दार, रातोपिरोलगायत हास्य शृंखलामा साधुरामको चरित्र अभिनयबाट दर्शकको मन जित्न सफल पिताम्बरले इन्द्रेणी, यो संसार, भाइटीका, पिजँडा, माया नमार, तहल्का डटकमलगायत दर्जन भन्दाबढी चलचित्रमा अभिनय गरेका छन् । त्यसो त दिदी तोहार देवर दिवाना, लागल रहो राजाजीलगायत केही भोजपुरी चलचित्रमा समेत उनले अभिनय गर्न भ्याएका छन् ।
कलाकारिताबाट केही गर्नुपर्छ भन्ने सोचाइका उनी आफूलाई प्राय: हास्य भूमिकामै प्रस्तुत गर्ने गरेका छन् । विभिन्न संघ/संस्थामा समेत क्रियाशील आचार्य पछिल्लो समय दी रेञ्जमा चलचित्रमा हास्य र नेगेटिभ भूमिकामा देखिएका छन् । लामो समयदेखि यसै क्षेत्रमा निरन्तर क्रियाशील आचार्य भन्छन्, अभिनय नशा रहेछ । तन, मन, धन लगाएर यही क्षेत्रमा अब काम गर्ने योजना छ । (सौस)

प्रतिक्रिया