श्रमिक बेचबिखनमा एमनेस्टीको चासो

काठमाडौं : एम्नेस्टी इन्टरनेसनले राजनीतिक दललाई आमनिर्वाचनका लागि बनाइने घोषणापत्रमा सुरक्षित आप्रवासनको नीतिलाई पनि समेट्न आग्रह गरेको छ । नेपाली कामदारमाथि विभिन्न अवस्थामा हुने श्रम शोषणको अन्त्यका लागि राजनीतिक दलले सुरक्षित आप्रवासनको नीति अवलम्वन गर्नुपर्नेमा एमनेस्टीले जोड दिएको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)ले सरकारका अधिकारीहरूको गलत कार्यका कारण जबर्जस्ती विदेश पठाइएका श्रमिक बेचबिखनमा परेको कुरा आफ्नो रिपोर्टमा उल्लेख गरेकाले यसमा चासो बढाउन एमनेस्टीले आग्रह गरेको हो । सो रिपोर्टले आप्रवासी श्रमिकमाथि भइरहेको व्यापक शोषणको सामना गर्नका लागि राजनीतिज्ञहरू तत्काल लाग्नुपर्ने उल्लेख गरिएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको विज्ञहरूको समूहले यसै महिनाको सुरुमा प्रकाशित गरेको रिपोर्टमा एमनेस्टी इन्टरनेसनलद्वारा सन् २०११ मा प्रकाशित रिपोर्ट ‘झुटा बाचा’हरूलाई उद्धृत गर्दै दोषीहरूमाथि उचित सजाय दिन आह्वान गरिएको जनाएको छ ।

प्रतिक्रिया