स्तन देखाउनेलाई नि:शुल्क प्रवेश

cleavageब्रिटेनको रोचेस्टरमा एक नाइट क्लबले अपनाएको प्रचारशैलीप्रति स्थानीय सांसदहरूले आपत्ति जनाएका छन् ।
रोचेस्टरको क्यासिनो रुम्स नाइट क्लबले वक्षस्थल देखिने खालका खुला कपडा लगाएर आउने युवतीलाई क्लबमा नि:शुल्क प्रवेश दिइने प्रचार गरेको हो । क्लबले यो अभियानलाई ‘राष्ट्रिय क्लिवेज विकेन्डर’ नामबाट प्रचारित गरिरहेको छ । साथै, पोस्टर अनि विज्ञापनमा पनि वक्षस्थल देखिने त्यस्तै खाले कपडा लगाएका महिलाको तस्बिर राखेको छ । पोस्टरमा लेखिएको छ, ‘राति ११ बजेभन्दा पहिले यस्तै कपडा लगाएर आउने महिलालाई नि:शुल्क प्रवेश । साथै यो सुविधा केन्टको सबैभन्दा ठूलो तथा स्तन पार्टी हुने स्थानमा मात्र उपलब्ध हुनेछ । यद्यपि, यहाँ स्तनको आकारभन्दा पनि प्रस्तुतीकरण महत्त्वपूर्ण मानिनेछ ।’
सांसद क्रेची ट्राउचले भने, ‘यो साह्रै घिनलाग्दो अनि महिलालाई निचो देखाउने कृत्य हो । प्रचार पाउन अपनाइएको सबैभन्दा सतही अनि दिशाहीन तरिका ।’
अर्का सांसद डिएन एबटले पनि यो शैलीको विरोध गरेका छन् । उनले यसको तुलना दिनदिनै हुने गरेको लैंगिक विभेदसँग गरेका छन् ।
तर, नाइट क्लबले प्रचार अभियान सुरु गरेपछिको अवधिमा थुप्रै मान्छेले सामाजिक सञ्जालमार्फत आफ्नो उपस्थिति दर्ज गराइसकेका छन् । (एजेन्सी)

प्रतिक्रिया