‘शारीरिक परीक्षणले मात्र रोग निको हुँदैन’

काठमाडौं : बिरामीको उपचार शारीरिक परीक्षणले मात्र सम्भव नहुने चिकित्सकले बताएका छन् । राजधानीमा सोमबार एक सयभन्दा बढी चिकित्सक सहभागी कार्यक्रममा रोगको उपचार शरीर परीक्षणले मात्र नहुने धारणा व्यक्त भएको हो ।

डा. ज्वालाराज पाण्डेले बिरामीलाई समय दिन चिकित्सकलाई आग्रह गर्दै उपचार गर्दा शरीरको परीक्षण गरेर मात्र रोग निको नहुने भएकाले अध्यात्म र चेतना पक्षलाई पनि ध्यान दिनुपर्ने उल्लेख गरे । डा. सुन्दरमणि दीक्षितले उपचारका लागि आएका बिरामीको मानसिकतालाई स्फूर्त पार्न चिकित्सकले बिरामीको डर हटाउन आवश्यक रहेको बताए । ‘उपचार गर्दा पहिले बिरामीको मानसिक तनाव हटाउनुपर्छ,’ डा. दीक्षितले भने, ‘पूरा शरीर जाँच गराउने र बिरामीलाई डराउनेभन्दा पनि उनीहरूलाई खुसी पारेर उपचार गर्नुपर्छ ।’
तपोवनका संस्थापक स्वामी आनन्द अरुणले चिकित्सा शास्त्रले मात्र रोगको उपचार गर्न नसक्ने भएकाले विज्ञान र अध्यात्मबीच समन्वय गर्ने खालको उपचार पद्धति आवश्यक रहेको बताएका थिए । (सौस)

प्रतिक्रिया