सात वर्षीया बालिकालाई जवरजस्ती करणी

Balatkar 4काठमाडौं, १२ चैत । काठमाडौंमा सात वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले किशोर बस्नेतलाई पक्राउ गरेको छ ।
कमला थापा (नाम परिवर्तन)लाई बस्नेतले आइतबार बेलुका जंगलमा लगेर जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । आफन्तको उजुरी पछि प्रहरीले बस्नेतलाई पक्राउ गरेको जनाएको छ ।
दहचोक–३, नयाँबस्ती निवासी १८ बर्षीय बस्नेतले घरमा कोही नभएको मौका छोपेर ललाई फकाई कमलालाई दहचोक–४ स्थित मालधारको जंगलमा लगेर जवरजस्ती अनुचित कार्य गरेका हुन् ।
पीडित बालिकाको प्रसुती गृह थापाथलीमा स्वास्थ्य परीक्षण समेत गरिएको छ । परीक्षणबाट कमलालाई जवरजस्ती गरेको प्रारम्भीक रिपोर्टमा जनाईएको छ ।

प्रतिक्रिया