प्राध्यापक नाङ्गिदा विद्यार्थीको भागाभाग

TUराजविराज, १२ चैत । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले तलव लिन नाङ्गिएका छन् । प्रध्यापकहरु नाङ्गिए पछि विद्यार्थीको भागदौड मच्चिएको छ ।
प्रध्यापकहरुको सो कार्य पछि प्रध्यापकहरुले आज चार महिनाको एकमुष्ट तलव पाएका छन् । क्याम्पसको विकास वजेटवाट सापटी लिएर २१ जना प्राध्यापकलाई तलव वितरण गरिएको छ ।
त्रिभुवन विश्व विद्यालयले उपलब्ध गराउनु पर्ने तलव विगत दुई वर्षदेखि निकासा नभए पछि प्राध्यापकहरुले दवावका लागि नाङ्गो फोटो खिचाएर प्रचार–प्रसारमा उत्रिएका हुन् ।
प्रध्यापकका कारण क्याम्पसको ईज्जत जानथाले पछि सापटी लिएर तलव उपलब्ध गराएको क्याम्पस प्रमुख डा. चिरञ्जीवीलाल देवले जानकारी दिए ।
कार्तिक सम्मको तलव पाएका आंशिक प्रध्यापकले क्याम्पसलाई नराम्रो देखाउन आन्दोलन चर्काएको उनले आरोप लगाए ।
प्राविधिक समस्याका कारण केही दिन पर्खन आग्रह गर्दा समेत नमानेका प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको देवले बताए ।
नन्दकिशोर यादवको नेतृत्वमा आन्दोलित २१ जना आंशिक प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका हुन् । प्रध्यापकहरुको चाला देखेर विद्यार्थी पनि अचम्मा परेका थिए ।

प्रतिक्रिया