मलेसियामा नेपाली र स्थानीयबीच झडप

malasiyaकाठमाडौं, १२ चैत । मलेसियाको जोहोरस्थित पासिरगुडाङमा रहेको एक कम्पनीको होस्टलमा रहेका नेपाली र स्थानीयबीच झडप भएको छ । झपडमा दुई जना नेपाली घाइते भएका छन् ।
मलेसियास्थित नेपाली दुतावासको अनुसार अस्पताल पुगेका प्रतिनिधिले दुई जना घाइतेसँग भेट गरेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । नेपाली बसोबास गर्ने होस्टलमा स्थानीय युवाहरु हतियारसहित प्रवेश गरी नेपालीमाथि आक्रमण गरेका थिए ।

अस्पतालमा नुवाकोटका राजु विश्वकर्मा र रौतहटका रामलाल साह घाइते अवस्थामा भेटिएको नेपालका लागि कार्यवाहक राजदूत लेखनाथ भट्टराईले जानकारी दिए । साहको हात र खुट्टामा तथा विश्वकर्माको टाउको र आँखामा चोट लागेको भट्टराईले जनाएका छन् ।

प्रतिक्रिया