कोरियामा अवैधानिक कामदारमाथि कडाई

koriyaसोल १२ चैत । दक्षिण कोरियामा अवैधानिक बसोबास गरिरहेका प्रवाशी मजदुर स्वदेश फिर्ता नभए कडा कारबाहीमा पर्ने भएका छन । यहाको अध्यागमन विभागले अवैधानिक बसोवास गरिरहेका अप्रवाशी कामदारलाई स्वदेश फर्काउने नियम परिवर्तन गरेको छ ।

अवैधानिक कामदार देशबाट हटाउने सरकारको योजना अनुरुप अध्यागमन सेवा विभागले अवैधानिक कामदार भएको कम्पनी अवलोकन गर्न पूर्व सूचना दिने छ । जहा काम गरिरहेका अवैधानिक कामदार पाईएमा २० मिलियन कोरियन वन वा तीन वर्षसम्म जेल सजााय हुनेछ ।
ग्रैह कानुनी रुपमा बसेका प्रवाशी कामदार समस्याको रुपमा खडा भएको भन्दै आयोगले नया नियम ल्याएको हो । विभागका अनुसार मूख्य गरी अवैधानिक कामदारले काम गर्ने साना तथा घरेलु उत्पादन कम्पनीमा त्यस्ता कामदारलाई खोजी र पक्राउ गरिनेछ । विभागले गत वर्ष प्रकाशन गरेको एक तथ्याकंअनुसार एक लाख ७६ हजार विदेशी कामदार अवैधानिक रुपमा बसिरहेका छन् । चालु आबमा मात्रै ५ दशमलब एक प्रतिशत बढेको छ । यी मध्ये ३७ प्रतिशत इपिएस मार्फत आएका अवैधानिक छन् । जसमा नेपालीको सङ्ख्या छ प्रतिशत छ ।
प्रवाशी नागरिक सहयोग सेन्टर खिम्पुका निर्देशक चुइ योङ इलले अवैधानिक प्रवासी मजदुर हटाउने नया योजनामा आाफूहरुले सहयोग गर्ने बताउदै भने, ‘अध्यागमनले अवैधानिक आप्रवाशी कामदार धरपकड गर्ने क्रममा धेरै हिंशात्मक घटना हुने गरेको छ, । ’ यस अघि अध्यागमनका कर्मचारीले विना कुनै सुचना कम्पनीमा छापा मार्ने कार्यको विभिन्न मजदुर अधिकारकर्मीले विरोध जनाउदै आएका थिए । छड्के अनुगमन गर्दा विगत पाच वर्षमा एक सय छ अध्यागमन कर्मचारी र एक सय ५५ जना आप्रवाशी कामदारको मृत्यू भएको विभागले जनाएको छ ।
विभागले लागु गर्न लागेको नया नियमले अवैधानिक रुपमा बसेका नेपालीमा त्राश फैलिएको विगत पाच वर्षदेखि लुकेर बसेका एक नेपालीले बताए । गत नोवेम्वरमा अवैधानिक कामदार समात्ने क्रममा इण्डोनेशीयन कामदारको मृत्यु भएको थियो । सरकारले अबैधानिक कामदारको संख्या कम गर्न यसै बर्षदेखि एउटै कम्पनीमा लगातार ४ बर्ष १० महिना काम गरेको मजदूरले अर्को एक कार्यकाल काम गर्नसक्ने नियम बनाएको छ ।

प्रतिक्रिया