सिचाइ अभावले खेत बाझै

काकडभिट्टा : झापाको करिब सात हजार २ सय हेक्टर खेतीयोग्य जमिन पानी अभावका कारण बाझै रहेको छ ।

नहरको मर्मत गर्न भन्दै सिचाइ आयोजनाले नहरमा पानी नदिएपछि मध्यझापाको सो खेतीयोग्य जमिन बाझै रहेको हो । कन्काइ सिचाइ प्रणाली गौडे माइधारको हेडबक्स र नहर जीर्ण बन्न थालेपछि मर्मत थालिएको छ । सोही कारण तीन वर्षदेखि नहरमा पानी दिइएको छैन ।
सिचाइको सुविधा नहुदा मध्यझापाको सात गाविसमा बर्खे धान नलगाउदा सो क्षेत्रको सात हजार २ सय हेक्टर जग्गा बाझै रहेको कन्काइ नहर जल उपभोक्ता संस्थाका अध्यक्ष सूर्यनारायण ताजपुरीयाले बताए ।
‘यो समय चैतेअर्थात बर्खे धानको खेती गर्ने समय हो’, अध्यक्ष ताजपुरियाले भने, ‘सिचाइ अभावका कारण प्रतिहेक्टर डेढ सय मन उत्पादन हुने अन्न गुमेको छ ।’ हिउदे र बर्खे गरी दुई फसल दक्षिणी सतासीधामसहित शिवगन्ज, पाचगाछी, माहाभारा, बैगुनधुरा, कोरोबारी र धरमपुर गाविसमा धानखेती हुने गरेको छ ।
सिचाइका लागि वैकल्पिक व्यवस्था छैन । विद्युत् र डिजेलबाट चल्ने बोरिङसमेत नहुदा ४२ हजार उपभोक्ताको खेतमा धुलो उड्न थालेको छ । एकाध किसानको आºनै स्वामित्वको सिचाइ भए पनि उनीहरूले बर्खे धानको खेती गरेका छैनन् ।
करिब १० बिघा खेती भएका महाभारा– ९ का प्रेम पौडेलले कन्काइ सिचाइ प्रणालीले नहर मर्मतको नामका किसानलाई सिचाइका लागि पानी नदिदा आक्रोश पोख्दै भने, किसानलाई सिचाइको वैकल्पिक व्यवस्था नगरी नहर मर्मत गर्दा अहिले खेतमा बुङ्बङ्गी धुलो उड्ने अवस्था छ ।’
उनका अनुसार समयमै नहरको मर्मत भइदिएको भए सयौा मन धान उत्पादन हुने खेत बाझै हुने थिएन । सिचाइको सुविधा नभए पछि किसानको खेतमा लगाइएको गहु, मकै, मुसुरो, खेसरी र तरकारी बाली पानी अभावका कारण सुकेको छ । कन्काइ नहरको मर्मत कार्य वैशाखमा सकिने सम्झौता ठेकेदारसाग गरिएको छ । ठेकेदार कम्पनीका अनुसार करिब ९५ प्रतिशत काम सकिसकेको छ । अब चाडै नहरमा पानी सञ्चालन हुन्छ । ‘हुन त नहरमा पानी छाडेर ट्रायल चेक भइसकेको छ’ सिचाइ प्रणालीका कृष्ण कार्कीले भने, ‘कही कतै पानी चुहिने हो कि भनेर पानी छाडेका हौ अब नियमित नहरमा सञ्चालन हुन्छ ।’ (सौस)

प्रतिक्रिया