फरक आँखालाई फरक मेकअप

close-setकन्वेक्स आई : यस्तो खालको आँखा बाहिरतिर निस्केको हुन्छ । यसलाई बल्जिंग वा
प्रोट्रुडिङ आइज पनि भनिन्छ । यसखाले आँखामा मध्यमदेखि गहिरो कलरसम्मको आई स्याडो उचित छ । यसमा फ्रास्टेड सेड्स वा हाइलाइटरको प्रयोग राम्रो मानिन्न । यसले आँखालाई थप बाहिर निस्कन लागेजस्तो देखाउँछ । तपाईंको सुन्दरता खलबल्याउँछ ।

हुडेड आई : यस्तो आँखामा परेला कम हुने भएकाले विशेष मेकअप जरुरी हुन्छ । आँखाको ढकनीको भित्री आधा हिस्सासम्म म्याट अथवा न्यूट्रल कलरको आई सेडो लगाउनुपर्छ । आसपासको हिस्सामा थोरै गहिरो रंग लगाउनुपर्छ । बाहिरी हिस्सामा भने गहिरो रंग लगाउन उचित हुँदैन ।

गहिरो आँखा : यस्तो खालको आँखाभित्र धसिएको देखिन्छ । यसमा ब्रो बोन ( दुईआँखाबीचको हड्डी) कम हुने गर्छ । यसमा आँखालाई उँचो देखाउन खालको मेकअप प्रयोग गर्नुपर्छ । आँखाको ढकनीमा हल्का पिंक वा बेज सेडो लगाउनुपर्छ अनि त्यसलाई माथिल्लो रेखा (क्रिज) तर्फ पनि हल्कासँग पुर्‍याउनुपर्छ । मध्यम टोंड आई सेडो लगाई त्यसलाई ब्रो बोनबाट सुरु गर्दै किनारासम्म लैजानुपर्छ ।

क्लोज सेट आई : यसमा दुवै आँखाको बीचको दूरी कम हुन्छ । नाकबाट आँखा नजिकै देखिन्छ । यस्तो अवस्थामा ढकनीको भित्री हिस्सासम्म हलका र बीचको हिस्सामा मध्यम सेडो लगाउन पर्छ । माथिल्लो ढकनीको बाहिरी किनारामा एक लाइन बनाउन पर्छ ।

एसियन आई : यो नाकतिर भित्री किनारातर्फ उन्मुख भएको र थोरै झुकेको आँखा हो । यसमा सेडोको प्रयोग गर्दा लयरिङ इफेक्ट दिन तीन रंगको प्रयोग गर्नपर्छ । आई ल्यासेजसँगै हलका सेडो लगाउनुपर्छ । ढकनीमा मध्यम तथा ब्रो बोन्समा हलका रंगको प्रयोग आवश्यक छ । यस किसिमको आँखामा आई लाइनरको प्रयोग उपयोगी मानिन्न ।
यीबाहेक आँखाका अन्य प्रकार पनि हुन्छन् । जस्तै– राउन्ड आई, छोटो आँखा, वाइड सेट आइज आदि पर्छन् । पहिले त आफ्नो आँखा कस्तो वर्गमा पर्ने हो, त्यो सोच्नुपर्छ । अनि मात्र मेकअपको महत्त्व झल्किन्छ । अन्यथा, भद्दा र नराम्रो देखिन्छ । (एजेन्सी)

प्रतिक्रिया