तीन वर्षदेखि शरीरभित्रै चक्कु

knifeक्यानडाका चिकित्सकको टोलीले तीन वर्षअघि भएको एक सांघातिक झगडाका दौरान एक व्यक्तिको शरीरमा घुसिरहेको चक्कुको टुक्रा सफलतापूर्वक झिकेको छ ।
नर्थवेस्ट टेरिटोरीनिवासी ३२ वर्षीय बिली म्याकनिलेले स्थानीय मिडियालाई बताएअनुसार उनलाई पिठ्यूँमा हल्का केही चलमलाइरहेजस्तो पीडाको अनुभूति हुन्थ्यो । तर, आफूभित्र अझै चक्कुको टुक्रा अड्किइरहेको छ भन्ने अनुमान उनले गरेका पनि थिएनन् । गत हप्ता उक्त चक्कुको चुच्चो उनको नङमा ठोक्किन आएपछि उनी त्रस्त र अचम्मित हुँदै अस्पताल पुगेका थिए । उनले सुनाए– ‘म केही समय जेल पनि बसेको थिएँ । जेलका सुरक्षाकर्मी मेरो पीठमा मेटल डिटेक्टर रगड्थे, यसो हुँदा चक्कुको टुक्रो अझ भित्र गाडिन पुगेछ क्यारे †’ २०१० अप्रिलमा पन्जा लडाएर खेलिने खेल दौरान झगडा हुँदा उनीमाथि पाँचचोटि चक्कु हानिएको रहेछ ।
स्थानीय डाक्टरले उनको घाउमा टाँका त लगाइदिए तर एक्सरे गरेका थिएनन् । उनले दुखाइ बढेको गुनासो नगरेका होइनन् तर डाक्टरहरूले थप उपचार गरे शारीरिक तन्त्रिकामा असर पुग्न सक्ने डर देखाइदिए । गत हप्ता उनले सदाझैँ पीठ कन्याइरहँदा उनकी प्रेमिकाले उनको नङमा कुनै ठोस कुरा ठोक्किएको देखिन् । (एजेन्सी)

प्रतिक्रिया