दुर्घटनामा तीन विद्यार्थीको मृत्यु

भोजपुर, ११ चैत । भोजपुर जिल्लामा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छन् ।
सुनवालुवाबाट घोडेटारतर्फ जाँदै गरेको ना.३ त ७००७ नम्वरको ट्याक्टर आज विहान ९ बजे होम्ताङ–५ मा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिव २० मिटर तल खसेको छ ।
मृत्यु हुनेमा सगरमाथा उच्चमाध्यामिक बिद्यालयमा अध्यनरत होम्ताङ–५ बस्ने १५ बर्षीय नारायण थापा, १७ बर्षीया नन्द माया थापा र १२ बर्षीय मिलन थापा रहेका छन् ।
दुर्घटनामा घाईते तीन जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

प्रतिक्रिया