बेहास भएर लड्दा युवकको मृत्यु

काठमाडौं, ११ चैत । काठमाडौंमा ट्युसन पढ्न जाँदै गरेका एक विद्यार्थीको बेहोस भएर लड्दा मृत्यु भएको छ ।
प्युठान जिल्ला बादिकोत–७ स्थायी घर भएका १९ बर्षीय फणिन्द्र यामिसको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
फणिन्द्र ट्युसन पढन भनी जाने क्रममा आज विहान ६ बजे डिल्लीबजारमा बेहोस भएर लडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनलाई तत्काल उपचारका लागि मोडेल अस्पताल पठाएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया