नमनमा ‘राई’

sachit-rai-copyकाठमाडौं, ११ चैत । साहित्यमा क्रियाशील युवाहरुको समूहले नमन साहित्य समाज नेपाल गठन गरेका छन् । राजधानीमा शनिबार भएको भेलाले साहित्यिक क्षेत्रमा थप क्रियाशीलताका साथै योगदान पुराउने उद्देश्यका साथ नमन गठन गरेको हो ।
कवि तथा पत्रकार सचित राईको अध्यक्षतामा गठित नमन नौ सदस्यीय छ । नमनको उपाध्यक्षमा प्रकाश दुमी राई, सचिव सुजन वैरागी, सहसचिव वीरेन्द्र कार्की, कोषाध्यक्ष सरु आस्था चयन भएका छन् । गायत्री खतिवडा, भविशंकर राई, सन्तोष परियार र शिवराज तामाङ सदस्यमा चुनिएका छन् ।
भेलाले राष्ट्रगान सर्जक व्याकुल माइला र कवि श्रवण मुकारुङलाई सल्लाहकार बनाउने निर्णय गरेको छ । ‘नमन’ नाममा पत्रिका प्रकाशन तथा नया वर्षको अवसरमा वैशाख महिनामा साहित्यिक कार्यक्रम आयोजना गर्ने निर्णय पनि भेला गरेको उपाध्यक्ष राईले बताए ।

प्रतिक्रिया