मतदाता नामावली संकलनमा अवरोध

maobadisरोल्पा, ११ चैत । तस्विर सहितको मतदाता नामावली संकलनका लागि रोल्पाको बुढागाउँ गाविसमा पुगेको निर्वाचन कार्यालयको टोलीलाई नेकपा–माओवादीका कार्यकर्ताले काम गर्न नदिई फिर्ता पठाई दिएका छन् ।
नेकपा–माओवादीको अवारोध पछि कर्मचारीहरु काम गर्नै नपाई सदरमुकाम फिर्ता भएका छन् ।
नेकपा–माओवादीले लिवाङमा आजै पत्रकार सम्मेलन गरेर निर्वाचन सम्बन्धी कुनै पनि कार्य अगाडि नबढाउन निर्वाचनको कार्यालयलाई अपील गरेको छ ।
आफूहरुको अपीललाई बेवास्ता गरेर निर्वाचन सम्बन्धि क्रियाकलाप अगाडि बढाए त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी स्वयं सरकार हुने चेतावनी नेकपा–माओवादीले दिएको छ ।
निर्वाचन कार्यालय रोल्पाले छुट मतदाता नामावली संकलनका लागि जिल्लाका विभिन्न स्थानमा ६ वटा निर्वाचन टोली खटाएको छ ।

प्रतिक्रिया