इटाभट्टामा चार सयभन्दा बढी बालश्रमिक

Itta-Bhattaभक्तपुर, ११ चैत । भक्तपुरको विभिन्न स्थानमा रहेका इँटाभट्टामा चार सयभन्दा बढी बालश्रमिक रहेको तथ्यांक सार्वजनिक भएको छ । सुडाल, ताथली, चित्तापोल, नङ्खेल, दुवाकोट, झौखेल, छालिङ, र सिपाडोल गाविसमा ६४ वटा इँटाभट्टा छन ।

कानुनले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई श्रममा लगाउन निषेध गरे पनि परिवारको आर्थिक स्थिति नाजुक हुँदा उनीहरू श्रम गर्न बाध्य भएका छन् । बालविकास समाज नामक एक गैरसरकारी संस्थाले गरेको सर्वेक्षणमा इँटाभट्टामा कार्यरत विभिन्न उमेर समूहका गरी चार सय सात जना बालश्रमिक
रहेका छन् ।
संस्थाका कार्यक्रम संयोजक युवराज रोक्काका अनुसार २ सय ९७ श्रमिक परिवारमा रहेका ती बालबालिकाको तथ्य सार्वजनिक गरिएको उनले बताए । भक्तपुर जिविसले ०७५ भित्र जिल्लालाई बालश्रममुक्त जिल्ला बनाउने अभियान सुरु गरे पनि जिल्लामा हाल हजाराँै बालश्रमिक रहेका छन् । इँटाभट्टामा मात्र नभएर जिल्लामा सञ्चालित साडीमा जरी भर्ने कारखाना, होटल, फास्टफुड, मोटर ग्यारिजलगायत धेरै औद्योगिक क्षेत्र र व्यवसायमा
बालश्रम प्रयोग गरिएको पाइन्छ ।
इँटा बनाउन बिहान २ बजेदेखि सुरु हुने उनीहरूको काम साँझ ७ बजेसम्म निरन्तर चलिरहन्छ । घरका सदस्य काँचो इँटा बनाउने र बालबालिका भने हिलो राखिदिएर पाँगो माटो बोकेर बाबु–आमालाई सहयोग गर्ने गरेको बताउँछन् । काभ्रे महादेवटारकी कल्पना दुनुवार उमेर भर्खर १२ वर्ष भइन तर उनी आफूले दैनिक ६ सय हाराहारीमा इँटा बनाउने गरेको बताइन् ।
‘कहिलेकाहीँ त सकिँदैन नत्र म ७ सय इँटा बनाउँछु,’ उनले भनिन् । उनीजस्तै सिन्धुली रातामाटेका फुर्वा तामाङ पनि उमेरले ११ वर्ष मात्र भए तर आफूले इँटा बनाउने मात्र नभएर चाङसमेत लगाउने बताए । सबैजसो बालबालिका आºनो परिवारसँगै काम गरिरहेका छन् । छोराछोरीलाई पढाउने मन भए पनि पैसा अभावका कारण नसकेको धेरै
अभिभावकले बताए ।
इँटाभट्टामा बालबालिका आºनो उमेरअनुसार काम गरिरहेका छन् । ६ वर्षदेखि १० वर्षकाले पाँगो बोक्ने, १० देखि माथिकाले इँटा बनाउने, चाङ लगाउनेलगायत कार्य गर्दै आएका छन् । पढ्ने र खेल्ने समयका ती बालबालिकाको भविष्यलाई ध्यानमा राख्दै केही गैरसरकारी संस्थाले शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरेका छन् । बालविकास समाजले
इँटाभट्टामा कार्यरत बालश्रमिकलाई शिक्षा दिने उद्देश्यका साथ अनौपचारिक शिक्षा दिने गरेको समेत रोक्काले बताए । इँटा व्यवसायीको सामाजिक सहयोगमा संस्थाले दिनको २ घन्टा कक्षा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया