राष्ट्रपतिलाई संवैधानिक परिषद्को जवाफ

काठमाडौं, १० चैत । संवैधानिक परिषद्ले संविधान र चार दलको सहमती अनुसार भन्दै राष्ट्रपतिलाई निर्वाचनमा आयोगमा नियुक्तिका लागि पुरानै नाम पठाएको छ ।
परिषद्को आज बसेको बैठकले राष्ट्रपतिको पत्रको स्पष्ट जवाफ सहित आयोगमा नियुक्तिका लागि यसअघि पठाइएका तीन जनाको नाम नै पठाएको हो । प्रमुख चार दल सम्मिलित उच्च स्तरीय राजनीतिक समितिले निर्वाचन आयोगको आयुक्तमा निवर्तमान तीनै जना आयुक्तको नाम सिफारिस गरेपछि परिषद्ले सोही नाम यसअघि राष्ट्रपतिलाई पठाएको थियो । तर राष्ट्रपति कार्यालयले पाँच जना मध्ये तीन जना पुर्व आयुक्तको नाममा प्रश्न उठाएपछि परिषद्को आज बसेको बैठकले जवाफ पठाएको हो । राष्ट्रपतिले पुर्व कार्यवाहक  प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, आयुक्त अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङका नाममा प्रश्न उठाएका थिए ।
अन्तरीम संविधानमा निर्वाचन प्रमुख निर्वाचन आयुक्त र आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवालाई ग्राह्य नहुने उल्लेख छ ।

प्रतिक्रिया