नेपाली सेनाको शान्ति प्रयास–२

Nepal-Armyकाठमाडौं, १० चैत । विभिन्न मुलुकका झण्डै एकसय बढी सैनिकको उपस्थितिमा नेपाली सेनाले ‘शान्ति प्रयास–२’ नामक तालिम सुरु गर्ने भएको छ ।
सो तालिममा २३ मुलुकका १ सय ४ जना सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । तालिम पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा हुने छ ।
तालिमको उदेश्य संयुक्त राष्ट्र संघको शान्ति स्थापना, मुलुक भित्रको विकास, महिला, बालबालिकाको सुरक्षा, नागरिक सुरक्षालगायत रहेन छन् ।
नेपालका साथै अमेरिका, भारत, बेलायत, भियतनाम, घाना, काजस्तिान, जोर्डन, फिलिपिन्स, कम्बोडियालगायतका मुलुकका सैनिकको सहभागिता रहने छ । तालिम सोमबार देखि एक साता सम्म चल्ने छ ।
अघिल्लो बर्ष बंगलादेशमा भएको यस प्रकारको तालिम नेपालमा दोस्रो पटक हुन लागेको हो । यस अघि सन् २००० मा सम्पन्न भईसकेको छ ।

प्रतिक्रिया