एमाओवादीद्वारा विवादित कार्कीको बचाउ

mao officeकाठमाडौं, १० चैत । एमाओवादीले चार राजनीतिक शक्तिबीच सहमति भईसकेको विषयलाई विवादमा तान्न नहुँने भन्दै पूर्व मुख्यसचिव लोकमान सिंह कार्कीको बचाउ गरेको छ ।
पार्टी मुख्यलय कोटेश्वरमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले कार्कीलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि अबरोध गर्न नहुँने बताए ।
उनले भने, ‘पूर्व मूख्यसचिव लोकमानसिंह कार्कीलाई नियुक्त गर्ने विषयमा विवाद नगरौं ।’ उनले चार राजनीतिक शक्तिबीच कार्कीलाई अख्तियारको प्रमुख बनाउने विषयमा सहमति भइसकेको दोहराए ।
कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाउने विषयमा विवाद भईरहेका बेला एमाओवादीले उनको बचाउ गरेको हो ।

प्रतिक्रिया