रक्तदाता रनिङसिल्ड युवा संघलाई

youth-for-blood-group-photoचितवन, १० चैत । नेकपा एमाले निकट युवा संघ नेपाल चितवनले यस वर्षको रक्तदाता रनिङसिल्ड प्राप्त गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी चितवन शाखाले जिल्लामा सर्वाधिक रक्तदान संकलनकर्तालाई प्रदान गर्दै आएको शिल्ड यसबर्ष युवासंघले हात पारेको हो । युवासंघले जिल्लामा सर्वाधिक ३ सय ५५ युनिट रगत संकलन गरेको थियो । अनेरास्ववियू क्रान्तिकारीले २ सय ७२ युनिट, सन्तोश स्मृति प्रतिष्ठान भरतपुर नगरपालिका २ क्षेत्रपुरले २ सय ६५ युनिट संकलन गरेर क्रमशः दोस्रो र तेश्रो स्थान हात पारेका छन् । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ बि नेपालले २ सय ४१ युनिट रगत संकलन गर्दै सान्त्वनामा चित्त बुझाएको छ । १ सय भन्दा वढि युनिट संकलन गर्ने ३० वटा संस्था र एक जुनियर रेडक्रस सर्कललाई पनि सम्मान गरिएको रेडक्रस चिवतनले जनाएको छ ।
अहिले चितवनमा वार्षिक ३० हजार युनिट रगतको माग भए पनि जिल्लाभित्र ५० प्रतिशत रगत पनि संकलन गर्न सकिएको छैन । यसबर्ष १५ हजार ९ सय १९ युनिट रगत संकलन भएको चिवतनमा रहेको क्षेत्रिय रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेल बताए । यस्तै चितवनमा यस वर्ष संकलन गरिएको रगतमा २२ जनालाई एचआईभि पोजेटिभ भेटिएको रेडक्रस चितवनले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया