राष्ट्रपति र अध्यक्ष रेग्मीबीच भेटबार्ता

rambaran yadav2काठमाडौं, १० चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपति डा.रामवरण यादव र अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीबीच भेटबार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै नयाँ निर्वाचनका बारेमा कुराकानी भएको स्रोतले जनाएको छ । भेटमा निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुको नियुक्ति प्रक्रियाका बारेमा पनि परामर्श भएको बुझिएको छ ।
असार–४ गते संविधानसभाको दोस्रो निर्वाचन गर्ने तयारी भईरहेका बेला राष्ट्रपति डा.यादव र अध्यक्ष रेग्मीबीच भेटबार्ता भएको हो ।

प्रतिक्रिया