यौनप्रति सकारात्मक सारिका

Sarika-GhimireSarkia-Ghimire-1Sarika-Ghimire-2Sarika-Ghimire-3काठमाडौं : सारिका घिमिरे नेपाली चलचित्रवृत्तकी नवोदित नायिका हुन् । त्यसो त कलायात्रामा भने उनी नयाँ होइनन् । म्युजिक भिडियोमा स्थापित भएपछि मात्र उनले चलचित्रतिर पाइला बढाएकी हुन् । इटहरी सुनसरी स्थायी घर भएकी सारिकाले शिव परियार, दुर्गा खरेल, पवन खड्कालगायत चर्चित गायक गायिकाका दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।
उनले नायिकाका रूपमा अभिनय गरेको चलचित्र शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ । दर्शकले पनि आफ्नो भूमिकालाई मन पराएको सारिकाले बताइन् ।
उमेरले २१ टेकेकी सारिकाले भर्खर १२ को अध्ययन सिध्याएकी छन् । तर, चलचित्रमा स्नातक गर्ने उनको चाहना छ । त्यसअनुसार अध्ययनलाई निरन्तरता पनि दिइरहेकी छन् । क्याजुअल फेसन मनपराउने सारिकाका मन पर्ने रंग कालो, सेतो र नीलो हुन् । फुर्सदमा पत्रपत्रिका पढ्ने, टेलिभिजन हेर्ने र हलिउडका चलचित्र हेर्ने बानी रहेको उनले सुनाइन् ।
यौनप्रति सकारात्मक सोचाइ राख्ने उनी प्राणीको जीवनयापनका लागि यौन सबै कुरा हो भन्छिन् तर यसको आफ्नै सीमा हुने उनको भनाइ छ । सानैदेखिको सौखले कलाकारिता रोजेकी सारिका आगामी दिनमा चलचित्रमै स्थापित हुने योजना बुनेर बसेकी छन् । (सौस)
तस्विर सौजन्य: दीपेशराज थारु

प्रतिक्रिया