मेलमिलाप आयोगप्रति युनियनको चासो

euकाठमाडौं, ९ चैत । युरोपियन युनियनले सत्य निरुपण तथा मेलमिलाप एवं बेपत्ता आयोगप्रति चासो र चिन्ता जनाएको छ ।
गृह एवं परराष्ट्र मन्त्री माधवप्रसाद घिमिरेसँग आज सिंहदरबारमा भएको छलफलका क्रममा युनियन युनियनमा आवद्ध विभिन्न मुलुकका राजदूतहरुले आयोगलाई अन्तर्राष्ट्रिय मान्यता अनुरुप बनाउन सुझाव दिएका हुन् ।
छलफल पछि सञ्चारकर्मीसँग कुरागर्दै डेलिगेशन अफ द युरोपियन युनियन टु नेपालका हेड अफ डेलिगेशन एम्बेसेडर डा.अलेक्जेन्डर स्पाचिजले पीडितको स्वीकृतिविनानै मेलमिलापको प्रावधान राखिन नहुँने बताए ।
‘सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउँदा अन्तर्राष्ट्रिय मानवअधिकारको मान्यतालाई पनि ध्यान दिनुपर्छ,’ उनले भने ।
राजदूतहरुले निर्वाचन स्वतन्त्र र निष्पक्ष गराउन पनि सुझाव दिए । उनीहरुले निर्वाचनका लागि आवश्यक पर्ने सहयोग गर्न आफूहरु तयार रहेको आश्वासन दिएका छन् ।

प्रतिक्रिया