तत्काल कार्कीलाई नियुक्ति नगर्न आदेश

Lokmanshin-Karkiकाठमाडौं, ९ चैत । सर्वोच्च अदालतले विवादमा परेका लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने प्रक्रिया तत्कालका लागि रोक्न आज आदेश दिएको छ ।
न्यायाधीश शुशिला कार्कीको एकल इजलाशले सो आदेश दिएको सर्वोच्चले जनाएको छ । आदेशसँगै चैत २५ गतेसम्म कार्कीको नियुक्ति रोकिएको छ ।
सर्वोच्चले २५ गते दुवै पक्षलाई सो विषयमा छलफलका लागि बोलाएको छ । छलफल पछि कार्कीको नियुक्तिको टुङगो लाग्ने छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले अख्तियारले नै अयोग्य ठहराएका कार्कीको नियुक्ति संविधान विपरित रहेको भन्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया