एमाले र माओवादी छाडेकालाई एमाओवादीले भित्र्याउने

काठमाडौं : एमाओवादीले एमाले परित्याग गरेका नेता रामचन्द्र झासहितका नेतालाई पार्टीमा स्वागत गर्ने भएको छ ।
केन्द्रीय समितिमा थप गर्ने सदस्यको टुंगो लगाउन बिहीबार बसेको एमाओवादी बैठकले एमाले छाडेका झासहित वैद्य नेतृत्वको माओवादी छाडेका रेखा शर्मा, कृष्णध्वज खड्का र कुमार दाहाललाई पार्टीमा स्वागत गर्ने निर्णय गरेको हो । झाले बिहीबार एमाले पार्टी परित्यागको घोषणा गर्दै एमाओवदीमा प्रवेश गर्ने इच्छा देखाएका छन् । उनलाई कुन स्थान दिने भन्ने विषयमा भने एमाओवादीले कुनै निर्णय गरेको छैन ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले थप गर्नुपर्ने सदस्यका विषयमा छलफल जारी रहेको बताए । छलफल नसकिएको उल्लेख गर्दै प्रवक्ता सापकोटाले १२ चैतमा पुन: बैठक बस्ने जानकारी दिए । सापकोटाले एमाले छाडेका झा तथा माओवादी छाडेका शर्मा, खड्का र दाहाललाई एमाओवादीमा स्वागत गर्ने पार्टीले निर्णय गरेको बताए ।
२१ वर्षपछि माघ अन्तिम साता भएको एमाओवादीको सातौँ महाधिवेशनले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो । महाधिवेशनले ९८ जना मात्रै निर्वाचित गर्दै बाँकी सदस्यको टुंगो केन्द्रीय समितिले लगाउने निर्णय गरेको थियो । (सौस)

प्रतिक्रिया