ढुंगेल निर्दोष छन् : दाहाल

Puspakamal-Dahalकाठमाडौं, ८ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा बालकृष्ण ढुंगेलको संलग्नता नरहेको बताएका छन् ।

अध्यक्ष दाहालले विज्ञप्ती जारी गर्दै तत्कालिन राज्यले फसाउनका लागि झुटा मुद्धा तयार गरि यातना दिएको भन्दै ढुंगेलको बचाउ गरेका छन् । ढुंगेल दुई दशक भन्दालामो समय देखि आफ्नो पार्टीको जुझारु यूवा नेता रहेको दाहालले उल्लेख गरेका छन । उनले पछिल्ला केहि दिन देखि नागरि कारवाही गर्ने भन्दै मानवअधिकारवादी र नागरिक आन्दोलनका नाममा शान्तिविरोधी गतिविधि बढेको आरोप लगाएका छन् । ‘द्धन्दकालमा घटेका घटनाहरुको छानविनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने निर्णय र मुद्धा सर्वाेच्च अदालतमा विचाराधीन रहेको अवस्थामा ढुंगेललाई नागरिक कारवाही गर्ने भन्ने सडक नाटक अदालतको भावना विपरीत छ,’ विज्ञप्तीमा भनिएको छ ‘यो सिंगो शान्तिविरोधी प्रक्रिया पनि हो ।’

प्रतिक्रिया