परीक्षा दिँदा जन्मिएकी छोरीको नामै प्रबेशिका

aryalगुल्मी, ८ चैत । गुल्मीको अम्मरपुर ओमप्रकाश गौतम उच्च माध्यमिक परीक्षा केन्द्रमा परीक्षा दिँदै गर्दा जन्मिएकी छोरीको नाम प्रबेशिका राखिएका छ । मंगलबार एसएलसी परीक्षा दिँदै गर्दा बसन्ती अर्यालले छोरी जन्माएकी थिईन ।
बच्चा जन्मेको ११ दिन पछि न्वारान गर्ने प्रचलन रहेपनि परीक्षाको समयमा जन्मिएकी छोरीको नाम अर्यालले मंगलबार नै प्रबेशिका राखेकी हुन् । अर्यालले छैठौँ   र सातौँ दिनको परीक्षा दुई दिनको बच्चालाई आफुसंगै राखेर दिइन् ।
परीक्षाकेन्द्रंको न्यानो र सुरक्षित ठाउँमा राखेर उनलाई परीक्षा दिने व्यबस्था गरिएको केन्द्राध्यक्ष हरीबहादुर कार्कीले बताए ।

प्रतिक्रिया