एघार विद्यार्थी संगठनद्वारा प्रदर्शन

Nepal-Student-Unioinकाठमाडौं, ८ चैत । सार्वजनिक सवारी साधनमा बृद्धि भएको भाडा फिर्ताको माग गरेर कांग्रेस, एमालेलगायतका दल निकट एघार विद्यार्थी संगठनले राजधानीका विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।
विद्यार्थी प्रदर्शनका कारण राजधानीको यातायात व्यवस्था केही समय प्रभावित भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा विद्यार्थीले क्याम्पस अगाडि सवारी साधन चल्न दिएका थिएनन् । उनीहरुले सरकार विरुद्ध चर्का नारावाजी समेत गरेका थिए ।
शंकरदेव, आरआर, नेपाल ल, विश्वभाषा, त्रिचन्द्रलगायतका क्याम्पस अगाडि प्रदर्शन गरिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
प्रदर्शनका क्रममा विद्यार्थीले स्ववियु निर्वाचन गर्नुपर्ने, लोकमान सिंह कार्कीलाई अख्यिातरको प्रमुख बनाउन नहुँनेलगायतका माग पनि गरेका थिए ।
उनीहरुले माग पुरा नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । (फाईल तस्विर)

प्रतिक्रिया