कांग्रेस हारे लोकतन्त्र पनि हार्छ : देउवा

sher deubaभक्तपुर ,७ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि आसन्न संविधान सभा निर्वाचनमा कांग्रेसले जित्नैपर्ने बताएका छन् ।
माओवादीका कारण लोकतन्त्र कमजोर भएको उल्लेख गर्दै बरिष्ठ नेता देउवाले देशमा बढ्दै गएको अतिवाद र अराजकतालाई पराजित गर्न कांग्रेसको जीत अनिवार्य रहेको बताए ।
नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बुधबार नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ (काउन) को दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गदै नेता देउवाले भने, ‘जनतालाई आश्वासन बाँड्दै हिड्ने एमाओवादीको हैसियत सबैले देखिसकेको छ ।’ उनले अब कसैले पनि नेपाली जनतालाई झुक्याउन नसक्ने बताए ।’
उनले एमाओवादीकै कारण संविधानसभा विघटन भएको आरोप दोहराए । माओवादी चुनावमा नहारे दोस्रंो संविधानसभाबाट पनि संविधान नबन्ने ठोकुवा गरे ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले निर्वाचन चाँडै हुने भन्दै सम्पूर्ण कार्यकर्तालाई निर्वाचनमा जुट्न अपील गरे ।

प्रतिक्रिया