जितेन्द्र देव नआउँदा बैठक प्रभावित

puspakamal dahal niwasकाठमाडौं, ६ चैत । एमाओवादीको नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले संविधानसभाको दोस्रो निर्वाचनका लागि परामर्श सुरु गरेको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको सचिवालयको अनौपचारिक बैठकमा निर्वाचन र प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वका अन्तरिम मन्त्रिपरिषदका बारेमा छलफल भएको सदस्य रुक्मीणी चौधरीले जानकारी दिइन् । ‘विशेष गरेर प्रधानन्यायाधीश नेतृत्वको सरकार र साना दलहरुको विरोधका बारेमा अनौपचारिक कुराकानी भयो,’ उनले भनिन्, ‘औपाचारिक निर्णय केही भएको छैन ।’
उनले जिल्लाहरुमा गठबन्धन विस्तार गर्ने र पछिल्लो राजनीतिक विषयमा पनि सामान्य छलफल भएको बताईन् ।
यसैबीच, सचिवालय सदस्य समेत रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव बैठकमा आएनन् । उनी नआए पछि चार बजे बैठक बस्ने गरेर स्थगित भएको चौधरीले बताईन् ।
देव आउन ढिला भएपछि बैठक प्रभावित भएको थियो ।

प्रतिक्रिया