पानसिंह तोमर सर्वोत्कृष्ट

PaanSinghTomarमुम्बई : भारतको ६०औँ राष्ट्रिय फिल्म पुरस्कारमा यसपटक हिन्दी चलचित्रको वर्चस्व रहेको छ । निर्देशक तिग्मांशु धुलियाको चलचित्र ‘पानसिंह तोमर’ पुरस्कारमा सर्वश्रेष्ठ फिचर फिल्म घोषित भएको छ भने यसै चलचित्रका अभिनेता इरफान खान सर्वश्रेष्ठ अभिनेताका रूपमा छानिएका छन् ।
इरफान र मराठी अभिनेता विक्रम गोखलाई संयुक्तरूपमा यो पुरस्कार मिलेको छ । पुरस्कारमा सर्वश्रेष्ठ अभिनेत्रीका रूपमा भने मराठी अभिनेत्री उषा जाधव छानिएकीे छन् ।
चलचित्र ‘विक्की डोनर’ लाई यस पुरस्कार समारोहमा भरपुर मनोरञ्जक फिल्मका अलावा केही पुरस्कार पनि मिल्ने भएको छ । अभिनेता अन्नु कपुर अभिनेत्री डली आहलुवालियाले सहअभिनेता अभिनेत्रीको पुरस्कार पाउने भएका छन् ।
शिवाजी लोटन पाटिलले यसमा सर्वश्रेष्ठ निर्देशक र नवाजुद्दिन सिद्दकी र ऋतुपर्ण घोषलाई विशेष जुरी पुरस्कार मिल्ने भएको छ । भारतका चलचित्र पुरस्कारमध्ये सबैभन्दा ठूलो मानिएको यो पुरस्कार सन् १९७३ बाट नियमित रूपमा दिइँदै आइएको छ । यो पुरस्कारमा भारतका सबै प्रकारका चलचित्रको सहभागिता रहने गरेको छ । (एजेन्सी)
बेस्ट अभिनेता – इरफान खान
बेस्ट अभिनेत्री – उषा जाधव
बेस्ट निर्देशक – शिवाजी लोटन पाटिल
बेस्ट फिचर फिल्म – पानसिंह तोमर
बेस्ट सहअभिनेता – अनु कपुर
बेस्ट सहअभिनेत्री – डली आहलुवालिया
बेस्ट पुरुष पाश्र्वगायन – शंकर महादेवन
बेस्ट महिला पाश्र्वगायन– संहिता, आरती
बेस्ट सम्पादन – सेल्युलाइड म्यान
बेस्ट इन्भेस्टिगेटिभ फिल्म – इंशाअल्लाह कस्मिर
बेस्ट साहसी फिल्म – मणिपरी पोनी
बेस्ट स्पेसल इफेक्ट्स – ईगा
बेस्ट कस्ट्युम डिजाइनर – पूर्णिमा
बेस्ट ब्याकग्राउन्ड स्कोर – कलियाचन
बेस्ट स्क्रिन प्ले – ओह माई गड
बेस्ट साउन्ड रेकर्डिङ – ग्याङ्स अफ वासेपुर
बेस्ट कोरियोग्राफी एन्ड कला निर्देशन– विश्वरूप
इन्दिरा गान्धी अवार्ड फर डेब्यु निर्देशक – चिटगांव
बेस्ट फिल्म सामाजिक विषय – मलयालम फिल्म ‘स्प्रिट’
बेस्ट चर्चित फिल्म फोर होम्स इन्टरटेन्मेन्ट – विक्की डोनर
बेस्ट फिल्म ‘इन्भायरन्मेन्ट’ – मलयालम फिल्म ‘ब्ल्याक फरेस्ट’
स्पेसल जुरी अवार्ड– रितुपर्णो घोष
बेस्ट डायलग – अञ्जली मेनन
बेस्ट अडप्टेड स्क्रिन प्ले – ओह माई गड
बेस्ट स्क्रिन प्ले लेखक – सञ्जय घोष
बेस्ट सम्पादन – कहानी
बेस्ट मेकअप म्यान – राजा
स्पेसल मेन्सन– परिणती चोपडा
बेस्ट तमिल फिल्म– वजाक्खु एन
बेस्ट नन फिचर फिल्म – सेफर्ड अफ प्याराडाइज
बेस्ट फिल्म एग्रिकल्चर – टिम्बकटु
बेस्ट गीत – बोलो ना
बेस्ट तेलुगु फिल्म– ऐगा
बेस्ट हिन्दी फिल्म– फिल्मिस्तान
बेस्ट चाइल्ड आर्टिस्ट – मास्टर वीरेन्द्र प्रताप

प्रतिक्रिया