‘चुनाव गरे हातखुट्टा भाँचेर मोसो दल्छौ’

mohan-baidhya-ji-1काभ्रे ५ चैत्र । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले वर्तमान अवस्थामै निर्वाचनमा गए सबै दलका नेता तथा कार्यकर्ताहरुको खुट्टा भाँचिदिने चेतावनी दिएका छन् ।
उनले भने, ‘खुट्टा मात्रै भाँच्ने होइन गाउँ आए मोसो दलेर लखेटने छौं ।’
नेकपा–माओवादीको अखिल नेपाल जनसांकृतिक महासंघले आज काभ्रेमा आयोजना गरेको १४ औं सांस्कृतिक प्रतिरोध दिवसमा बोल्दै बैद्यले भने, ‘संविधान सभा ध्वस्त बनाएर नयाँ नाटक गरिँदै छ ।’
संविधानसभा भारतीय सामन्तवादलाई बुझाएको आरोप लगाएका उनले चार दलले न्यायालय समेत कब्जा गरेका बताए ।

प्रतिक्रिया