भित्र शपथ बाहिर रडाको

Khila-Raj-Regmiकाठमाडौं, १ चैत । प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्षको शपथ लिएका छन् । बिहीबार राष्ट्रपतिभवन शीतलनिवासमा आयोजित सभामा राष्ट्रपति डा. रामवरण यादवले रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्षको शपथ गराएका हुन् ।

प्रमुख चार राजनीतिक दलले संविधान
संशोधन गरी प्रधानन्यायाधीश रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नेलगायत ११ बुँदे सहमति बुधबार राति गरेका थिए । रेग्मी नेतृत्वको चुनावी सरकारलाई ७ असारसम्म नयाँ चुनाव गराउने कार्यादेश दलहरूको बैठकले दिएको छ । शपथग्रहणअघि राष्ट्रपति कार्यालयका अधिकारीले सरकार गठन र जिम्मेवारीबारे पढेर सुनाएका थिए । मन्त्रिपरिषद् अध्यक्षको शपथ लिएलगत्तै रेग्मीले दुई मन्त्रीलाई शपथ गराएका छन् ।
पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरेलाई गृह तथा परराष्ट्र र कानुन मन्त्रालयका पूर्वसचिव हरिप्रसाद न्यौपानेलाई कानुन तथा न्याय र श्रममन्त्री नियुक्त गरिएको हो । शपथग्रहणलगत्तै रेग्मीले प्रधानमन्त्री कार्यालय सिंहदरबार गई पदभार ग्रहण गरेका थिए । कार्यभार सम्हाल्नुअघि रेग्मीले लेनचौरमा रहेको सहिद बाटिकामा पुगरे सहिदको सालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया