चालक मातेपछि दुर्घटना

गुल्मी : चालकले अत्यधिक मदिरा सेवन गर्दै मात्तिएर सवारी चलाउँदा भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । सदरमुकाम तम्घासबाट नेटा जाँदै गरेको लु.१ज २०२४ नम्बरको जिप बुधबार राति नेटा–५ म्यालचौरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा नेटा–९ का ५५ वर्षीय नरबहादुर भण्डारी र ८२ वर्षीय तिलामति श्रीसको ज्यान गएको इन्स्पेक्टर जितेन्द्र बस्नेतले बताए । दुर्घटनाका घाइतेका अनुसार चालकले अत्यधिक मदिरा सेवन गरेका थिए । ‘ड्राईभर मदिराले मातेको थियो, गाडीमा बजेको गीतको तालमा स्टेरिङ जोड्दै गीतको तालमा नाच्ने गर्दैथ्यो,’ जिल्ला अस्पताल तम्घासमा उपचार गराइरहेका एक घाइते भने । दुर्घटनामा १० घाइते भएका छन् । घाइतेको पाल्पा र  तम्घासमा उपचार भइरहेको छ । जिप सडकबाट एकसय मिटर तल खसेको थियो । (सौस)

प्रतिक्रिया