धुवाँमा निसासिएर मृत्यु

दोलखा, १ चैत्र । दोलखामा चुरोटबाट सल्केको आगोको धुवाँले निसासिएर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १६ वर्षीय विजय लामा रहेका छन् । चरिकोट बसपार्कस्थित आफ्नै घरमा सुतेका लामाको बुधबार खाटबाट भुईंमा लडेको अवस्थामा शव फेला परेको थियो ।
मदिराले मातेका लामाले झ्याल ढोका बन्द गरेकाले निसासिएर मृत्यु भएको हुने सक्ने प्रहरीको अनुमान छ ।
उनले सेवन गरेको चुरोटले तकिया समेत डढेको छ । लामाले कालिञ्चोक उच्चमाविबाट एसएलसी दिन तयारी गरेका थिए ।

प्रतिक्रिया