परीक्षार्थीको ढिस्कोले पुरिएर मृत्यु

रुकुम, १ चैत । एसएलसी परीक्षामा सहभागी हुन आएकी रुकुमको पोखरा गाविसस्थित जनता उच्च माविकी एक छात्राको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।
परीक्षा दिन रुकुमकोट पुगेकी पोखरा–४ कि १८ बर्षीया गीता खड्का (थापा) को बुधबार राती माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
प्रहरीका अनुसार कोठा पोत्न माटो लिन गएकी खड्कालाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेको थियो ।
माटोको ढिस्कोले पुरिएर घाईते खड्काको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया