“तुयुमति”को छायांकन सुरु

Actor-Manish-Shrestha-with-काठमाडौं : नेपाली तथा नेपाल भाषामा निर्माण हुने चलचित्र ‘तुयुमति’को छायांकन प्रारम्भ भएको छ । भक्तपुरको कमलविनायक मन्दिरपरिसरमा मंगलबार विधिवत रूपमा पूजा गर्दै चलचित्रको छायांकन थालिएको हो । कार्यक्रममा चलचित्रका नायक मनिषकुमार श्रेष्ठ तथा नायिका अर्णेश्वरीले कमलविनायकको दर्शन गरेर मुहूर्त दृश्य दिए भने उक्त दृश्यको निर्देशन फाइट मास्टर राजेन्द्र खड्गीले गरे । कार्यक्रममा ऐतिहासिक चलचित्र ‘राजमती’की नायिका हिसिला महर्जनले क्ल्याप पड्काएकी थिइन् ।
मनिषकुमार श्रेष्ठ र अर्णेश्वरीको अलावा धिरेन शाक्य, राजेन्द्र खड्गी, हिसिला महर्जन, मणिराज लवट, सविन शाक्य(चाकुचा), हृदयप्रसाद मिश्रलगायतको अभिनय रहने चलचित्रका निर्देशक आर्यम नकर्मी हुन् । चलचित्रको छायांकन भक्तपुरको सेरोफेरोमा गरिने भएको छ । (सौस)

प्रतिक्रिया