नौवर्षीया बालिका बलात्कृत

कपिलवस्तु, १ चैत । महेन्द्रकोटमा नौवर्षीया बालिका बलात्कृत भएकी छिन् । कालिजंग गणका सैनिक हवल्दारले उनीलाई बलात्कारको प्रयास गरेका हुन् ।

छिमेकीका घरमा टिभी हेर्न गएकी बालिकामाथि बलात्कारको प्रयास भएको हो । खोटाङ सप्तेश्वरका ३४ वर्षीय धनकुमार राईले बालिकालाई बलात्कारको प्रयास गरेका भन्दै परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । हवल्दार राईले बालिकाको कपडा जथाभावी च्यात्नुका साथै दुव्र्यवहार गरेका थिए । बालिकालाई यस्तो व्यवहार गरेपछि डरले चिच्याएकी बालिकाकी भाउजूले उनलाई बचाएकी हुन् । फायरिङ अभ्यासका लागि कालीजंग गणबाट महेन्द्रकोटको पत्थरकोट गाउँनजिकै जंगलमा रहेका हवल्दार राईले बालिकामाथि बल्त्कारको प्रयास गरेपछि सिंगो गाउँका महिला घाँसपात गर्न र खेतबारीमा काम गर्न जान पनि डर मानेको स्थानीयले बताए । घटनापश्चात् फरार राईलाई गणका गणपतिले नै प्रहरीलाई बुझाएका थिए ।

प्रतिक्रिया