तीन जना लुटेरा सार्वजानिक

भक्तपुर, ३० फागुन । महानगरीय प्रहरी परिषर भक्तपुरले तीन जना लुटेराहरु सार्वजनिक गरेको छ ।
सार्वजनिक हुनेमा सिन्धुली हतपते गाविस वडा नम्वर ९ का २१ वर्षीय सुदीप पहाडी, पाल्पा तानसेनका २६ वर्षीय किरण रुचाल तथा भोजपुर टकसार ४ बस्ने ५८ बर्षीय मदनकुमार श्रेष्ठ रहेका छन् ।
प्रहरीले आज पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो । उनीहरुले मध्यपुर थिमी वडा नम्वर १६ का दीपक बस्नेत र रेणु रौनियारको कोठाबाट लुटपाट गरेका थिए ।
सो घटनामा संलग्न अन्य तीन जना भने फरार रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रमुख दिलिप चौधरीले जानकारी दिए ।
लुटेराहरुले दीपकको घरमा गते माघ २६ गते र रेणुको घरमा फागुन २१ गते राती जवस्ती प्रबेश गरी लुटपाट गरेका थिए ।
प्रहरीले लुटेराहरुको साथ बाट सुनको सिक्री एक थान, औठी एक थान मंगलसुत्र एक थान, चाँदीका सिक्का, कलश आशन, दियो, छत्रीलगातयका सामानहरु बराम गरेको छ ।

प्रतिक्रिया