विद्यार्थीद्वारा मुलुकभरि चक्का जाम

काठमाडौं, ३० फागुन । सार्वजनिक यातायातका सवारी साधनमा बृद्धि भएको भाडाको विरोधमा विद्यार्थी संगठनले आज आह्वान गरेको चक्का जामका कारण मुलुक भरिको जनजीवन केही समय प्रभावित भएको छ ।
नेविसंघ, अनेरास्ववियुलगायतका विद्यार्थी संगठनले बृद्धि भएको भाडा तत्काल फिर्ता गर्न माग गरेर चक्का जाम आह्वान गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
विद्यार्थी संगठनहरुले विहान ६ बजे देखि १० बजे सम्म मुलुक भरि चक्का जाम गरेको जनाएका छन् ।
सरकारले सार्वजनिक सवारी साधनको भाडा झण्डै दश प्रतिसत सम्म बृद्धि गरे पछि विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरु विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया