कोशी नहरमा एक दम्पत्ति हामफाले

Koshi Byarej

राजविराज, ३० फागुन । भारतको विहार घर भई आफन्त भेटन सप्तरी आएका वेला कोशी नहरमा हामफालेर वेपत्ता भएका दम्पत्ति मध्ये एक जनाको शव प्रहरीले फेला पारेको छ ।

हनुमाननगर माईत आएका वेला पति रामनाथ रजकसँगै नहरमा वेपत्ता भएकी २० वर्षीया निक्की रजकको शव प्रहरीले फेला पारेको हो । मंगलबार साँझ करिव ७ वजे घरवाट निस्कीएका दुवैले नहरमा हाम फालेर वेपत्ता भएका थिए । विहारको सीतामढी घर भएका रामनाथको अवस्था अझै अज्ञात छ ।
नहरमा हामफालेको छेउमै निक्कीको शव फेला परेको प्रहरी निरीक्षक कुशवहादुर थापाले जानकारी दिए ।
प्रहरीले घटना लगत्तै नहरको पानी वन्द गरी खोजी कार्य तिव्र पारेपछि करिव १३ घण्टा पछि निक्कीको शव फेला परेको एसपी संजयसिंह वस्नेतले जानकारी दिए । रामनाथको खोजीका लागि नहरका सम्पूर्ण क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया